भारतले नेपाललाई दिने आर्थिक सहायता रकम बढायो, भुटानपछि सबैभन्दा बढी

२०८० माघ १८ गते

भारतले नेपाललाई दिने आर्थिक सहायता रकम बढायो, भुटानपछि सबैभन्दा बढी

काठमाडौं । भारतले नेपाललाई उपलब्ध गराउने आर्थिक सहायता रकम वृद्धि गरेको छ ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०२४/०२५ को बजेटमा नेपाललाई उपलब्ध गरिने आर्थिक सहायता वृद्धि गरेको उल्लेख छ ।

भातरले नयाँ बजेटमा आर्थिक वर्ष २०२४/०२५ मा नेपाललाई सात अर्ब भारतीय रुपैयाँ (११.२ अर्ब नेपाली रुपैयाँ) उपलब्ध गराउने घोषणा गरेको छ । यो सम्पूर्ण रकम अनुदान सहयोगमार्फत उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०२३/०२४ को बजेटमा भारतले नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ (आठ अर्ब ८० करोड नेपाली रुपैयाँ) उपलब्ध गराउने घोषणा गरेको थियो ।

चालु आर्थिक वर्ष २०२४/०२५ मा भारतले भुटानपछि नेपाललाई सबैभन्दा ठूलो रकम आर्थिक सहायता स्वरुप उपलब्ध गराउने घोषणा गरेको हो ।