डीएपी मल खरिद गर्ने ठेक्का सिंगापुरको आदित्य बिरलाले पायो

२०८१ कात्तिक २२ गते

डीएपी मल खरिद गर्ने ठेक्का सिंगापुरको आदित्य बिरलाले पायो

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले डिएपीमल खरिदका लागि सिंगापुरको एक कम्पनीलाई छनौट गरेको छ । कृषि सामाग्रीले २५ हजार टन डीएपी मल खरिद गर्ने ठेक्का सिंगापुरको आदित्य बिरला ग्लोबल ट्रेडिङ प्रालिलाई दिएको हो ।

कृषि सामग्री कम्पनीले एक सूचना निकाल्दै करिब २ अर्ब ५६ करोड रुपैयाँ (१ करोड ८९ लाख ७५ हजार अमेरिकी डलर) मा नेपालमा डीएपी मल आपूर्ति गर्ने ठेक्का लगाएको जनाएको छ।कृषि सामग्री कम्पनीले वीरगञ्ज, विराटनगर र भैरहवामा आपूर्ति दिने गरी प्रतिटन ७ सय ५९ डलरमा नेपाल मल किन्ने गरी उसलाई ठेक्का दिएको हो ।कृषि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ असोज मसान्तसम्म १ लाख ५५ हजार ६ सय ८९ टन मल आयात भइसकेको छ ।

चालु आवमा सरकारले ५ लाख ५० हजार टन रासायनिक मल आयात गर्ने लक्ष्य राखेको छ ।चालु आर्थिक वर्षमा सरकारले रासायनिक मल आयातको लागि करिब २८ अर्ब बजेट विनियोजन गरेको छ।