जब मध्यराति न्यूरोड पुगेको महानगरपालिकाको क्रेन स्थानीयले लिए नियन्त्रणमा..

२०८१ जेठ १६ गते

जब मध्यराति न्यूरोड पुगेको महानगरपालिकाको क्रेन स्थानीयले लिए नियन्त्रणमा..

काठमाडौं । काठमाडौं महानगरपालिकाको क्रेन नयाँ सडक (न्यू रोड)का स्थानीयले नियन्त्रणमा लिएका छन् । कसैसँग समन्वय नगरी गएराति न्यूरोड क्षेत्रमा पुगेको महानगरको क्रेन स्थानीयले नियन्त्रणामा लिएका हुन् ।

स्थानीयका अनुसार राति साढे ११ बजे महानगरको क्रेन न्यू रोड क्षेत्रमा पुगेको थियो । महानगरले न्यूरोड क्षेत्रमाको सडक साँघुरो बनाएर सडक पेटी बढाउन खोजेको छ ।

त्यसैका लागि गत शनिबार न्युरोड क्षेत्रमा महानगर कर्मचारीले धमाधम सडक काटेका थिए । बिना अनुमति सडक काटिएको भन्दै सडक डिभिजनले उक्त कार्यमा रोक लगाएको थियो ।

न्युरोडको सडकलाई साँघुरो पार्ने काठमाडौं महानगरको योजनामा स्थानीयले समेत चर्को विरोध जनाएका छन् ।