कोटेश्वर भाटभटेनी विहानैबाट खुला, रातभर सफा गरेर चिटिक्क बनाइयो

२०८१ चैत १६ गते

कोटेश्वर भाटभटेनी विहानैबाट खुला, रातभर सफा गरेर चिटिक्क बनाइयो

काठमाडौ । राजावदी आन्देलनले क्षति पुर्याएको कोटेश्वर भाटभटेनी आज बिहानैबाट खुलेको छ । रातभर सरसफाइ गरेपछि विहानैदेखि भाटभटेनीले आफ्नो व्यापार शुरु गरेको हो । शुक्रबार राजावादी आन्दोलनकारीले कोटेश्वर भाटभटेनी तोडफोड गर्नुका साथै लुटपाट मच्चाएका थिए । तरकारी तथा फलफुलहरु फालेका थिए भने । कतिपयले लताकपडा, खाद्यान्न, वियर तथा स्याउसुन्तलातका कार्टुन नै चोरेर लगेका थिए ।