लक्ष्मी क्यापिटल र सनराइज क्यापिटलको एकिकृत सेवा सुरु

२०८० पुस २३ गते

लक्ष्मी क्यापिटल र सनराइज क्यापिटलको एकिकृत सेवा सुरु

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडले एकिकृत रुपमा सेवा प्रवाह सुरु गरेका छन् । आज पुस २३ गतेबाट दुई क्यापिटलले संयुक्त रुपमा ‘एलएस क्यापिटल’ को नामबार सेवा सुरु गरेका हुन्।

गत असार २८ गतेबाट सनराइज बैंक लिमिटेडसँग गाभिएर लक्ष्मी सनराइज बैंक लिमिटेड भई एकीकृत कारोबार प्रारम्भ भएपछि लक्ष्मी सनराइज बैंकको दुई सहायक कम्पनीहरु लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेड पनि असोज ६ गते एकापसमा गाभिने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको थियो।