शेयर बजारमा भारी गिरावट, नेप्से परिसूचक दुई हजार अंकभन्दा तल

२०८० फागुन १३ गते

शेयर बजारमा भारी गिरावट, नेप्से परिसूचक दुई हजार अंकभन्दा तल

काठमाडौँ  साताको पहिलो कारोबार दिन शेयर बजार भारी अंकले घटेको छ । यस दिन नेप्से परिसूचक २६.८१ अंकले घटेर १९७९.०२ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.३३ प्रतिशतले घट्न पुगेको हो ।

आइतबार नेप्सेमा १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक मात्र बढेको छ भने बाँकि ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा उत्पादन र प्रशोधन रह्यो जसको परिसूचक ०.८० प्रतिशतले बढेको छ । त्यसै गरि आज सर्वाधिक घट्ने उपसमुहमा  हाइड्रोपावर रह्यो जसको परिसूचक २.४२ प्रतिशतले घटेको छ ।

बजारमा आज कारोबर रकम पनि घटेर ३.०८ अर्ब बढीको मात्र शेयर किनबेच भएको छ । जसमा ३८ वटा कम्पनी बढेका छन् भने २०६ वटा  कम्पनी घटेका छन् । यसैगरी ४ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । आज शेयर बजार घटेपनि बोटलर्स नेपाल बालाजुको शेयरमा सर्वाधिक दश प्रतिशतको उछाल आएको छ । त्यसैगरी, यस दिन सर्वाधिक घट्ने कम्पनीमा समाज लघुवित्त रह्यो जसको शेयर नकारात्मक सर्किट लागेको छ । यस अघि उक्त लघुवित्त कम्पनीको शेयरमा लगातार सकारात्मक सर्किट लाग्दै आएको थियो ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा पनि सन नेपाल लाइफ इन्स्योरेन्सनै रह्यो । जसले आज मात्रै २३.८० प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ नगद लाभांशको घोषणा गरेको थियो । उक्त कम्पनीले बोनस शेयरको बाटफाट लगत्तै २७ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने पनि घोषणा गरेको छ ।