२०८० चैत २१ गते
काठमाडौँ । बुधबार शेयर बजारमा एकल अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ३.४३ अंकले घटेर २००६.७८ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.१७ प्रतिशतले घट्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य ३ उपसमूहका परिसूचक बढेका छन् भने अरु १० उपसमूह घटेका छन् । यस दिन सर्वाधिक बढ्नेमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक १.६५ प्रतिशतले बढेको छ । यसै गरी सर्वाधिक घट्ने उपसमुहमा उत्पादन तथा प्रशोधन रह्यो जसको परिसूचक १.७४ प्रतिशतले घटेको छ ।
बजारमा आज ३.५३ अर्बबढीको शेयर किनबेच भएको छ । जसमा १०३ वटा कम्पनी बढेका छन् भने १३२ वटा कम्पनी घटेका छन् । यसैगरी १० वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा गुराँस लघुवित्त रह्यो जसको शेयरमा दश प्रतिशतको उछाल आएको छ । त्यसका साथै आज वेअन नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा सुर्य ज्योति लाइफ इन्स्योरेन्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुनेमा पनि सोहि कम्पनी रह्यो । आज मात्रै सुर्य ज्योति लाइफ इन्स्योरेन्सले चुक्ता पूँजीको ३५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
प्रतिक्रिया