थापाको अध्यक्षतामा आनको नयाँ नेतृत्व : महासचिवमा कृष्णप्रसाद घिमिरे

२०८० पुस २३ गते

थापाको अध्यक्षतामा आनको नयाँ नेतृत्व : महासचिवमा कृष्णप्रसाद घिमिरे

काठमाडौं। नेपाल विज्ञापन संघको अध्यक्षमा सुदीप थापा निर्विरोध चयन भएका छन्। अध्यक्ष थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति चयन भएको हो ।

संघको २४औं वार्षिक साधारण सभाले संघको ११औं केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो, जसमा कोषाध्यक्ष तथा सातजना सदस्य भने निर्वाचन प्रणालीमार्फत चयन भएका हुन् ।

संघको प्रथम उपाध्यक्षमा उजय शाक्य, द्धितीय उपाध्यक्षमा पंकजलाल प्रधान, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा साजन श्रेष्ठ तथा सचिवमा सन्तोष खड्का निर्वाचित भएका छन्। सहकोषाध्यक्षमा अरुणकाजी स्थापित निर्विरोध निर्वाचित भएका छन्।

यस्तै, सदस्यहरुमा रोशन रेग्मी, सन्तोष सिलवाल गिरी, दीपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनीष अधिकारी र प्रभात रिमाल सदस्य चुनिएका छन्।

निर्वाचनबाट सबै विज्ञापन क्षेत्रको प्रतिनिधित्व र सबै क्षेत्र समेटिएको बताइएको छ । संघका पदाधिकारी तथा सदस्यहरूले आइतबार नै पद तथा गोपनीयताको शपथ गरेका छन् । कार्यसमितिको पदावधि तीन वर्षको हुने संघले जनाएको छ।