उन्नति सहकार्य लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

२०८० कात्तिक २४ गते

उन्नति सहकार्य लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको एफपीओमा आवेदन दिने आज कार्तिक २४ गते अन्तिम दिन रहेको छ । कम्पनीले कार्तिक २१ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्री खुला गरेको हो ।

लघुवित्तले प्रति कित्ता १०० रुपैयाँको दरले १ लाख ७८ हजार ४ सय ५१ दशमलव १८ कित्ता एफपीओ निष्काशन गरेको हो । एफपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ।

नेपाल धितोपत्र बोर्डले असोज २६ गते लघुवित्तलाई एफपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको थियो। साविक उन्नति लघुवित्तले सहकार्य लघुवित्तलाई गाभेपछि उन्नति सहकारी लघुवित्त बनेको हो । गाभ्ने गाभिने प्रर्कियापछि कम्पनीमा सनास्थापक र सर्वसाधारण शेयरधनीको अनुपात मिलाउन कम्पनीले एफपीओ निष्काशन गर्न लागेको हो ।