१३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी( सूचीसहित)

२०८० फागुन ०१ गते

१३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी( सूचीसहित)

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ। विभिन्न ११ वटा सार्वजनिक निकायले लेखेको पत्रका आधारमा कार्यालयले मंगलबार ७ दिने स्पष्टीकरण सोधेको छ ।

यसअघि सार्वजनिक निकायले कालोसूचीमा राख्न भनि सिफारिस गरेपछि कार्यालयले वास्तविकता बुझ्न ३० दिनको समय दिएर पत्राचार गरेपनि जवाफ प्राप्त नभएको सूचनामा उल्लेख छ ।