सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?

२०८१ माघ २७ गते

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ।  स्थानीय बजारमा सुनको मूल्य सामान्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँको गिरावट भएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ ।