२०२४ को पहिलो कारोबार दिन घट्यो नेप्से

२०८० पुस १६ गते

२०२४ को पहिलो कारोबार दिन घट्यो नेप्से

काठमाडौँ   सन् २०२४ को पहिलो कारोबार दिन पनि नेप्से घटेको छ । सोमवार  नेप्से परिसूचक ८.७५  अंकले घटेर २०६०.१५ मा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.४२ प्रतिशतले घट्न पुगेको हो ।

बजारमा आज ४.४८ अर्व रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । जसमा ७७ कम्पनी बढेका छन् भने १५९ कम्पनी घटेका छन् । यसैगरी १० वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । शेयर बजार घटेता पनि सीइबिडी हाइड्रोपावर र चिर्ख्वा हाइड्रोपावरको शेयरमा १० प्रतिशतको उछाल आएको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा शिवम सिमेन्ट रह्यो भने सर्वाधिक शेयर कारोवार गर्ने कम्पनीमा सोनापुर मिनेरल्स रह्यो ।