२०८१ भदौ ०७ गते
तनहुँ। मर्स्याङ्दी नदीमा खसेकाे बसमा परी १४ जनाकाे मृत्यु भएकाे छ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट नदीमा खसेकाे भारतीय पर्यटक बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
बसमा सवार ४० जनामध्ये १५ जना घाइतेको उद्धार गरिएको छ । यसैगरी, ११ जना बेपत्ता भएका छन् । आज बिहान करिब पाैने १२ बजे पोखरादेखि काठमाडौं आइरहेकाे बस दुर्घटना भएकाे थियाे । यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएकाे छ ।
हालसम्म उद्धारमा खटिएका प्रहरीले १४ जनाको शव निकालेकाे छ भने १५ जना घाइतेहरूको उद्धार गरिएकाे छ ।
प्रतिक्रिया