६ तस्विरमा हेर्नुहोस् तराईको होली, जोगिरा सरररर...

२०८० चैत १२ गते

६ तस्विरमा हेर्नुहोस् तराईको होली, जोगिरा सरररर...

विरगञ्ज । सोमवार तराईमा होली मनाइएको छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ।

काठमाडौं लगायत पहाडी क्षेत्रमा आइतबार नै होली मनाइएको थियो। तराईका जिल्लामा सोमबार रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाइयो । होलीलाई असत्यमाथि सत्यको विजयको प्रतिकका रूपमा हार्षोल्लासका रूपमा मनाइन्छ।

होलीले एक अर्कामा सौहार्द र आत्मियता बढाउने भएकाले यसले मानिसहरूबीच एकतालाई अझै प्रगाढ तुल्याउने विश्वास गरिन्छ।

तस्विर : महेश कठायत