६१ किलो सुन प्रकरण : २५ जनालाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश

२०८० असोज २० गते

६१ किलो सुन प्रकरण :  २५ जनालाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश

काठमाडौं । ६१ किलो सुन प्रकरणमा जिल्ला अदालत काठमाडौंले २५ जनालाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश गरेको छ।

न्यायधीश माधव प्रसाद मैनालीको इजलासले २५ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो। अदालतले अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयकी एजेन्ट रुक्मिणा सुब्बालाई भने पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनी घाँटीको क्यान्सर पीडित हुन्।

सुन प्रकरणमा २९ जनालाई प्रतिवादी बनाइएको छ। जसमा ३ जना फरार रहेका छन्। प्रतिवादी सबैलाई भन्सार छली र संगठित अपराधमा मुद्दा दायर गरिएको छ। ३ अर्ब ५० करोड ३० लाख रुपैयाँको बिगोदाबी गर्दै मुद्दा दायर भएको थियो।