२०८१ वैशाख १७ गते
काठमाडौं । नेपाली चलचित्र ‘माइतीघर’का अभिनेता सीपी लोहनी (चिदम्बरमप्रसाद लोहनी)को ८६ वर्षको उमेरमा सोमबार निधन भएको छ । काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको निधन भएको हो । अल्माइजर रोगबाट ग्रसित लोहनीको १ः३० बजे निधन भएको चलचित्र कलाकार संघले जनाएको छ ।
उनको पार्थिव शरिरलाई आजै पशुपतिमा अन्त्येष्टि गरिँदैछ । अभिनेत्री मालासिन्हाका श्रीमान रहेका उनी आफैं अभिनित फिल्म ‘माइतीघर’का गायक समेत थिए । उनीहरुको एक छोरी छिन् ।
प्रतिक्रिया