आधा किलो सुनसहित दुई पुरुष पक्राउ

२०८० मंसिर २९ गते

आधा किलो सुनसहित दुई पुरुष पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ४५० ग्राम सुनसहित दुईजना पुरुषलाई नियन्त्रणमा लिएको  छ। प्रहरीले हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित चेक प्वाइन्टबाट शुक्रबार बिहान दुईजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका-२ बस्ने ३९ वर्षीय हितेस कुमार साह र भारत पंजाबका ३४ वर्षीय तर्सिम सिङ रहेका छन्। चेकप्वाइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा वीरगंजबाट आउँदै गरेको बा.प्र ०३-००१ ख १७२७ नम्बरको बसमा सवार साहलाई जुत्ताभित्र लुकाई ल्याएको करिब ४५० ग्रामको सुनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

त्यस्तै, सुनको ब्रास्लेट ९ थानसहित करिब ४० ग्राम सुनसहित भारतका सिङ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। ना.५ ख ६२१७ नम्बरको बसमा सवार सिङले झोलाभित्र लुकाएर सुन ल्याइरहेका थिए।  प्रहरीले दुवै घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएको छ।