आज राति आकाशमा १४४ वर्षमा १ पटक हुने ५ ग्रहको परेड देखिने

२०८१ माघ १२ गते

आज राति आकाशमा १४४ वर्षमा १ पटक हुने ५ ग्रहको परेड देखिने

काठमाडौँ । आज राति आकाशमा अनौठो खगोलीय दृश्य देखिने खगोलशास्त्रीहरुले बताएका छन् । १४४ वर्षमा मात्र देख्न सकिने अदुभुत यो योगमा बुध,शुक्र,बृहस्पति, शनि लगायतका ग्रह एकैपटक लस्करमा देखिने छ । यो दुर्लभ दृश्य आज अर्थात शनिबार राति ८ बजेर ४५ मिनेटमा नेपाली आकाशमा देखिने बताइएको छ ।

खगोलशास्त्रका दृष्टिकोणले मात्र नभई पृथ्वी र जनजीवनमा समेत यसको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने सम्भावना रहेको खगोल शास्त्रीहरुले बताएका छन् । ज्योतिसशास्त्रीहरुले यसलाई महाकुम्भ योगको नाम दिएका छन् ।