आलु, प्याज र स्याउमा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज

२०८१ जेठ १५ गते

आलु, प्याज र स्याउमा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज

काठमाडौँ । सरकारले आलु, प्याज र स्याउमा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले २०८१/८२ को बजेट वक्तव्य प्रस्तुत गर्दै आलु, प्याज र स्याउमा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गरेको बताएका हुन् । स्वदेशी किसानलाई प्रोत्साहन गरी आत्मनिर्भर उन्मुख बनाउन कर खारेज गरिएको अर्थमन्त्रीको भनाई छ ।