अमेरिकी डलरको भाउ घट्यो, अरुको भाउ कति छ ?

२०८१ कात्तिक ०१ गते

अमेरिकी डलरको भाउ घट्यो, अरुको भाउ कति छ ?

काठमाडौं । बिहिबार अमेरिकी डलरको भाउ घटेको छ । कात्तिक १ गते बिहीबार १ डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ७० पैसा काभएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ १० पैसा कायम भएको छ । बुधबार १ डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ७७ पैसा र खरिददर १३४ रुपैयाँ १७ पैसा थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४६ रुपैयाँ ७० पैसा रहेको छ भने खरिददर १४६ रुपैयाँ ०४ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७५ रुपैयाँ ३१ पैसा खरिद दर १७४ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९० रुपैयाँ ०४ पैसा तोकिएको छ ।

क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ २८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा रहेको छ ।