अमेरिकी डलरको भाउ उच्च विन्दुमा

२०८१ साउन २० गते

अमेरिकी डलरको भाउ उच्च विन्दुमा

काठमाडौँ। डलरको मूल्य निरन्तर बढ्दै जाँदा आज साउन २० गतेपनि नयाँ रेकर्ड कायम भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनीक गरेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.७१ रुपैयाँ र बिक्रीदर १३४.३१ रुपैयाँ कायम भएको हो।

यो दर हालसम्मकै उच्च हो । यसअघि गत साउन १३ गते अमेरिकी डलरको बिक्रीदर हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको बिक्रीदर १३४.२७ रुपैयाँ कायम थियो ।

आज एक यूरोको खरिददर १४४.८८ रुपैयाँ र बिक्रीदर १४५.५३ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.४६ रुपैयाँ र बिक्रीदर १७१.२३ रुपैयाँ कायम भएको छ ।

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.१० रुपैयाँ र बिक्रीदर ८७.४९ रुपैयाँ रहेको छ । १० जापानी येनको खरिददर ८.९८ रुपैयाँ र बिक्रीदर ९.०२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४० रुपैयाँ र बिक्रीदर ३६.५७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.५६ रुपैयाँ र बिक्रीदर १८.६४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २९.७३ रुपैयाँ र बिक्रीदर २९.८६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७८ रुपैयाँ र बिक्रीदर ९.८३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.७९ रुपैयाँ र बिक्रीदर ४३९.७६ रुपैयाँ कायम भएको छ ।