आफूसँगै पत्नी र छोरालाई पोखरा घुमाउन लैजाँदै थिए मनुराज, अफशोच बाटोमै अस्ताए

२०८१ साउन ०९ गते

आफूसँगै पत्नी र छोरालाई पोखरा घुमाउन लैजाँदै थिए मनुराज, अफशोच बाटोमै अस्ताए

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बुधबार विहान ११ बजेर ११ मिनेटमा काठमाडौंबाट पोखरा उडेको सौर्य एयरको विमान उड्नासाथ दुर्घटनामा परेको थियो ।

दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने विमानका पाइलटको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु हुनेमा मनुराज शर्मा, प्रिजा खतिवडा दम्पती र छोरा अधिराज शर्मा रहेको खुलेको हो ।

पारिवारिक स्रोतका अनुसार मनुराज सौर्य एयरका प्राविधिक हुन् भने उनकी पत्नी प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत रहेकी थिइन् । प्राविधिक श्रीमान मनुराज पोखरा जाने भएपछि पत्नी प्रिजापनि बच्चासहित सँगै जान लागेकी थिइन् ।