अर्थसचिवमा मधुकुमार मरासिनी 'इन' कृष्णहरी पुष्कर 'आउट'

२०८१ वैशाख १० गते

अर्थसचिवमा मधुकुमार मरासिनी 'इन' कृष्णहरी पुष्कर 'आउट'

काठमाडौं। सरकारले अर्थसचिवमा मधुकुमार मरासिनीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले अर्थसचिव कृष्णहरी पुष्करलाई हटाएर मरासिनीलाई अर्थसचिवका रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेपछि मरासिनी निलम्बनमा परेका थिए। तर अदालतले सफाइ दिएपछि मरासिनीको निलम्बन फुकुवा भएको थियो।

मरासिनी यसअघि प्रधानमन्त्रीको कार्यालयमा थिए। अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करको प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरुवा भएको छ।