आशा लघुवित्तको शेयरमूल्य समायोजन, कति भयो नयाँ मूल्य ?

२०८१ कात्तिक २२ गते

आशा लघुवित्तको शेयरमूल्य समायोजन, कति भयो नयाँ मूल्य ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ। लघुवित्तको बुकक्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ९३५ रुपैयाँ ६७ पैसा कायम भएको छ। नेप्सेले बुधबारको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। बुधबार लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ६९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

आइतबार सोही मूल्यलाई आधार मानेर दोस्रो बजारमा लघुवित्तको शेयर कारोबार खुल्नेछ।

लघुवित्तले मंसिर ७ गते, शुक्रबार, होटल उग्रचण्डी, बनेपा–७, बनेपा बजार, काभ्रेपलाञ्चोकमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा दिउँसो ३ बजे शुरु हुनेछ।

सभाले १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।