आत्मनिर्भर लघुवित्तको लाभांश घोषणा

२०८० मंसिर २५ गते

आत्मनिर्भर लघुवित्तको लाभांश घोषणा

काठमाडौं ।  आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमा १० प्रतिशत बोनस शेयर रहेको छ र ५ प्रतिशत नगद लाभांश रहेको छ।

मंसिर २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो  निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।