बढ्यो पेट्रोलको मूल्य

२०८१ मंसिर ३० गते

बढ्यो पेट्रोलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमले पुस १ देखि लागू हुने गरि १५ दिनका लागि पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढाएको हो।

त्यस्तै डिजेल र मट्टीतेलको मूल्य भने लिटरमा रु १ ले घटाइएको छ ।यो सँगै अब काठमाडौँ, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल हाल्दा प्रतिलिटर १६२ रुपैयाँ तिर्नुपर्छ । यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ ।

हेर्नुस् नयाँ मूल्य सूची-