बैंकहरुले फेरी घटाए ब्याजदर, अब कसको कति पुग्यो ?

२०८१ कात्तिक ३० गते

बैंकहरुले फेरी घटाए ब्याजदर, अब कसको कति पुग्यो ?

काठमाडौ । मंसिर महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । मंसिर महिनामा औसत ब्याजदर ०.२२ प्रतिशत बिन्दुले घटेको छ । यो सँगै औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर अब मंसिर महिनाका लागि ५.९७ प्रतिशत कायम भएको छ । कात्तिक लागि औसत ब्याजदर ६.१८ प्रतिशत कायम भएको थियो । बैकिङ प्रणालीमा अधिक तरलता भएपछि विगत एक बर्ष यता बैंकहरुले लगातार ब्याजदर घटाइ रहेका छन् । बैंकहरुमा निक्षेप बढी भएपछि उनीहरुले ३ प्रतिशत ब्याजदरमै केन्द्रिय बैंकमा खर्बौं रकम राखिरहेका छन् ।

मंसिर महिनाका लागि कृषि विकास बैंकको ५.५३ प्रतिशत, ग्लोबल आइएमइ र नबिलको ५.७५ प्रतिशत, कुमारी बैंकको ५.९१ प्रतिशत, नेपाल बैंकको ५.९५ प्रतिशत र प्रभु बैंकको ६.१ प्रतिशत रहेको छ । यता एभरेष्ट, माछापुछ्रे, राष्ट्रिय बाणिज्य बैंक, नेपाल एसबिआइ र सिद्धार्थ बैंकको ६ प्रतिशत ब्याजदर रहेको छ । स्ट्याण्डर्ड चाटर्ड बैंक र हिमालयन बैंकको ६.२५ प्रतिशत रहेको छ । एनआइशि एशिया बैंकको ६.७९ प्रतिशत, सानिमा बैंकको ६.१५ प्रतिशत, सिटिजन्स बैंकको ५.६५ प्रतिशत, प्राइम कमर्सियल बैंकको ५.७५ प्रतिशत, एनएमबीको ५.५७ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.५ प्रतिशत ब्याजदर रहेको छ भने लक्ष्मी सनराइजको ५.५५ प्रतिशत रहेको छ ।