बालकुमारी घटना: श्रम मन्त्रालय र मन्त्री ज्वालाको भूमिकाबारे छानबिन गर्न निर्देशन

२०८० पुस १६ गते

बालकुमारी घटना: श्रम मन्त्रालय र मन्त्री ज्वालाको भूमिकाबारे छानबिन गर्न निर्देशन

काठमाडौँ ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले दुई जना युवाको ज्यान जाने गरी भएको घटनामा श्रम मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायामन्त्रीको भूमिकाबारे समेत छानबिन गर्न निर्देशन दिएको छ ।

समितिको सोमबारको बैठकमा श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको समे असावधानीका कारण घटना भएको भन्दै सांसदहरुले प्रश्न उठाएपछि समितिले छानबिन गर्ने निर्देशन दिएको हो ।

समितिले सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्‍ठ, प्रहरी महानिरीक्षक वसन्त कुँवर लगायतलाई बोलाएर छलफल गरी मन्त्री ज्वाला र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई छानबिनको दायरामा ल्याउन भनेको हो।

बैठकमा प्रहरी महानिरीक्षक कुँवरले कोरियन भाषा परीक्षाको आवेदन भर्न नपाएको आक्रोशमा युवाहरुले प्रदर्शन गरिरहेका बेला मन्त्री ज्वालाले सातदोबाटोबाट बालकुमारीको बाटो यात्रा गरेका कारण घटना घटेको बताएका थिए। मन्त्रीको गाडी देखेपछि युवाहरु थप उग्र बनेको उनको भनाइ छ।

समितिले मृतकका परिवारले क्षतिपूर्तिको थप व्यवस्था गर्ने दुवैका परिवारलाई रोजगारीको अवसर दिनलाउन पनि सरकारले निर्देशन गरेको छ । सभापति रामहरि खतिवडाले घटनासँग सम्बन्धित साना कर्मचारी मात्र निलम्बन हुने र अरु उम्किने अवस्था सिर्जना नहुने र काम गर्नेहरुको मनोबल पनि कमजोर नहुने गरी समस्याको समाधान गर्न न्यायोचित काम गर्न पनि निर्देशन दिए ।