बालेन साहको प्रधानमन्त्री लक्षित स्ट्याटस: 'प्रधानमन्त्रीज्यू! भोको पेट मारेर मलाई हराउन खोज्नु भो'

२०८१ फागुन १६ गते

बालेन साहको प्रधानमन्त्री लक्षित स्ट्याटस: 'प्रधानमन्त्रीज्यू! भोको पेट मारेर मलाई हराउन खोज्नु भो'

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री के पी शर्मा ओलीलाई लक्षित गरेर आफूलाई हराउन लागिपरेको बताएका छन् । उनले लेखेका छन्,'प्रधानमन्त्री ज्यू!भोको पेट मारेर मलाई हराउन खोज्नु भएको छ । हामी त मदन भण्डारीकै सपना पुरा गर्न हिँडेको मान्छे ।मलाई हराउने ताकमा देश चाहीँ नडुबाउनु होला ।'

पछिल्लो तीन महिना यता काठमाडौँ महानगरपालिकामा सरकारले प्रशासकीय अधिकृत नियुक्त नगरिदिँदा फोहोर उठाउनेदेखि धेरै कर्मचारीले तलब पाउन सकेका छैनन् । यसै कुरालाई इंगित गर्दै बालेनले सरकारलाई कटाक्ष गरेको अनुमान लगाइएको छ ।