बेष्ट फाइनान्सको ५ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विद्यमान संस्थापकहरुमा जारी

२०८१ माघ ११ गते

बेष्ट फाइनान्सको ५ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विद्यमान संस्थापकहरुमा जारी

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले ५ लाख ३५ हजार ९२७ कित्ता संस्थापक शेयर माघ ११ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट तोकिएको अवधिभित्र आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री प्रक्रिया अघि बढाईने जानकारी कम्पनीले दिएको छ ।