भारत भन्दा नेपाल खुसी, विश्वकै खुशी देश फिनल्याण्ड अन्य देशको अवस्था कस्तो ?

२०८१ चैत ०७ गते

भारत भन्दा नेपाल खुसी, विश्वकै खुशी देश फिनल्याण्ड अन्य देशको अवस्था कस्तो ?

काठमाडौ । विश्वको सबैभन्दा खुशी देश फिनल्याण्ड बनेको छ । संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको वर्ल्ड ह्यापिनेस रिपोर्टमा फिनल्याण्ड खुशी देशको एक नम्बरमा परेको छ ।

फिनल्यान्ड ७.७३६ अंकसहित शीर्ष स्थानमा परेको हो । डेनमार्क ७.५२ अंकसहित दोस्रो स्थानमा परेको छ । तेस्रोमा आइसल्याण्ड र चौथोमा स्विडेन परेको छ । र ,नेदरलयाण्ड पाँचौ स्थानमा छ । स्क्यान्डिनेभियन राष्ट्रहरु सबैभन्दा खुशी देखिएका हुन् ।

नेपाल पनि १ स्थान माथि उक्लिएको छ । खुसी राष्ट्रमा नेपाल ९२ औ स्थानमा छ । नेपाल ५.३११ अंकसहित ९२औं स्थानमा आएको हो । विश्वका १४७ देशमा गरिएको सर्वेक्षणमा दक्षिण एसियाका अन्य राष्ट्रहरु भने सूचीमा नेपाल भन्दा तल रहेका छन् । छिमेकी मुलुक चीन ६८ औ स्थानमा छ भने भारत ११८ स्थानमा छ । अफगानिस्तान भने सबैभन्दा पुछारमा छ ।