भुक्तानी सेवा प्रदायकहरुबीचको पहिलो मर्जर : खल्ती र आईएमई पे गाभिए

२०८१ फागुन ०४ गते

भुक्तानी सेवा प्रदायकहरुबीचको पहिलो मर्जर : खल्ती र आईएमई पे गाभिए

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनीहरु खल्ती र आईएमई पे बीच मर्जर सम्झौता भएको छ । यो भुक्तानी सेवा प्रदायकहरुबीच पहिलो मर्जर हुन लागेको हो ।

आइतबार दुई कम्पनीबीच मर्जरको लागि सम्झौता भएको हो । यी दुई कम्पनीले मर्जर सम्झौता स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाएका हुन् । आइएमई ग्रुपको लगानी रहेको आईएमई पे नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत पाउने पहिलो कम्पनी पनि हो । यस्तै खल्तीमा इन्टरनेट सेवा प्रदायक वर्डलिंक तथा अन्यको लगानी रहेको छ । खल्तीमा ‘स्पारो’ एसएमएस सञ्चालन लगानीकर्ता अमित अग्रवाल र उनका अन्य ३ जना साथीहरुको लगानी रहेको छ ।

हाल खल्तीको चुक्ता पुँजी ५ करोड रुपैयाँ र आईएमई पे को चुक्ता पुँजी ३० करोड रुपैयाँ छ ।