भुटानी शरणार्थी प्रकरण : छुटेनन् टोपबहादुर र बालकृष्ण,सन्दीप ३० लाख धरौटीमा रिहा

२०८० मंसिर १५ गते

भुटानी शरणार्थी प्रकरण : छुटेनन् टोपबहादुर र बालकृष्ण,सन्दीप ३० लाख धरौटीमा रिहा

काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेकको आदेशविरुद्धको पुनरावेदनमा उच्च अदालतले फरक फरक आदेश दिएको छ । सोक्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई छाड्न अस्वीकार गरिएको छ । केहीलाई थुनामै राख्ने, केहीलाई धरौटीमा छाडिएको छ भने केही प्रतिवादी तारेखमा छाडिएका छन् ।

शुक्रबार पाटन उच्च अदालतका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा खाणलाई छाड्ने विषयमा दुईजनाबीच राय बाझिएको छ । पूर्वगृहमन्त्री खाणलाई २० लाख धरौटीमा छाड्ने जनक पाण्डेको आदेशमा प्रकाश खरेलको राय बाझिएपछि अब अर्को इजलासमा यसको सुनुवाइ हुने भएको छ ।

त्यस्तै अदालतले पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।