बीमा प्राधिकरणको अध्यक्षको भुमिकामा अर्थमन्त्रालयका सहसचिव दहाल

२०८१ मंसिर २८ गते

बीमा प्राधिकरणको अध्यक्षको भुमिकामा अर्थमन्त्रालयका सहसचिव दहाल

काठमाडौ । नेपाल बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दहालले अध्यक्षका रुपमा कामकाज गर्ने भएका छन्। बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दाहाल बीमा प्राधिकरणको अध्यक्ष तोकिएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अहिलेको अध्यक्ष सुर्य प्रसाद सिलवाल विरुद्ध मुद्दा परेपछि रिक्त नेपाल बिमा प्राधिकरणका अध्यक्ष पद सहसचिव मदन दहालले सम्हाल्ने भएका हुन् । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरूद्ध अख्तियार दुरूपयोग आयोगले विशेष अदालतमा किर्ते तथा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बन भएका छन् ।