२०८० चैत २८ गते
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ ।
आयोगले बुझाएको प्रतिवेदन छ वर्षपछि आज मन्त्रालयले सार्वजनिक गरेको हो । बुधबार शिक्षामन्त्री सुमना श्रेष्ठले ६ वर्षदेखि लुकाइएको प्रतिवेदन सार्वजनिक गरेकी हुन् ।
चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने मन्त्रालयले जनाएको छ ।
उक्त प्रतिवेदनमा त्रिभुवन विश्व विद्यालयका तत्कालिन उपकुलपतिसहित कार्यकारी परिषद्का सबै पदाधिकारीहरु दोषी देखिएको उल्लेख गरिएकाे छ ।
प्रतिवेदन अनुसार त्रिविका दोषी परिषद पदाधिकारीहरुमा अध्यक्ष रहेका त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका उपकुलपति डा. तीर्थराज खनिया, सदस्यहरू रेक्टर डा. सुधा त्रिपाठी, रजिष्ट्रार डिल्ली उप्रेती, विज्ञान संकायका डिन रामप्रसाद खतिवडा, कानुन संकायका डिन डा. ताराप्रसाद सापकोटा, राजेन्द्र पौडेल र हरि पराजुली रहेका छन् ।
राजपत्रमा सूचना प्रकाशित गर्दै विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा सरकारले चिकित्सा शिक्षाका विकृति विसङ्गतिको जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन तयार गर्न आयोग गठन गरेको थियो ।
पूर्णपाठ :
[pdf-embedder url="https://banijyapost.com/wp-content/uploads/2024/04/चिकित्सा-शिक्षा-सम्बन्धी-जाँचबुझ-आयोगको-प्रतिवेदन-–-२०७४-pdf.pdf"]
प्रतिक्रिया