दक्षिण कोरिया जहाज दुर्घटना : चालक दलका चार सदस्य सहित १७९ जना यात्रुको मृत्यु

२०८१ पुस १४ गते

दक्षिण कोरिया जहाज दुर्घटना : चालक दलका चार सदस्य सहित १७९ जना यात्रुको मृत्यु

काठमाडौँ । १८१ यात्रु बोकेको दक्षिण कोरियाको जेजु एअरको बोइङ विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा चालक दलका चार सदस्य सहित १७९ जना यात्रुको मृत्यु भएको छ ।

समाचार संस्था योनहापका अनुसार उक्त विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए। थाइल्यान्डको ब्याङ्कककबाट फर्किरहेको सो विमान अवतरण गर्ने क्रममा धावन मार्गमा चिप्लिएर दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त विमानबाट चालक दलका २ जनाको सकुशल उद्धार गरिएको जनाइएको छ।जेजु एअर दक्षिण कोरियाकै सर्वाधिक ठूलो मध्येको कम बजेटमा उडान सेवा प्रदान गर्ने वायुसेवा हो।

जेजु एअरको इतिहासमा यो पहिलो दुर्घटना हो। दक्षिण कोरियाली सरकारले मृतकका परिवारलाई आर्थिक सहयोग तथा घाइतेको उपचारमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।