डलरको भाउमा झिनो गिरावट आउँदा युरो र पाउण्ड स्टर्लिङको भाउमा सामान्य वृद्धि

२०८० मंसिर १४ गते

डलरको भाउमा झिनो गिरावट आउँदा युरो र पाउण्ड स्टर्लिङको भाउमा सामान्य वृद्धि

काठमाडौं। अमेरिकी डलरको भाउमा झिनो गिरावट आउँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउमा सामान्य वृद्धि भएको छ।

आज १ अमेरिकी डलरको खरिद दर १३३.०३ रुपैयाँ रहँदा बिक्री दर १३३.६३ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३३.०४ रुपैयाँ र बिक्री दर १३३.६४ रुपैयाँ कायम थियो।

यस्तै, १ युरोको खरिद दर आज १४५.९९ रुपैयाँ पुगेको छ। बिक्री दर १४६.६५ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १४५.७७ रुपैयाँ र बिक्री दर १४५.४३ रुपैयाँ थियो।

आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६८.६७ रुपैयाँ र बिक्री दर १६९.४३ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६८.०३ रुपैयाँ र बिक्री दर १६८.७९ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर