डेंगुबाट संक्रमित गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन

२०८१ कात्तिक २९ गते

डेंगुबाट संक्रमित गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन

काठमाडौँ । डेंगुबाट संक्रमित गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । अचानक हृदयाघात भएर उनको मृत्यु भएको परिवारका सदस्यले अनुमान गरेका छन् । डेंगु लागेपछि उनी काठमाडौँस्थित घरमा आराम गरिरहेकी थिइन् । उनको बुधबार राति काठमाडौंमा निधन भएको हो ।

बुधबार राति अस्वस्थ भएपछि ग्राण्डी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । म्याग्दी घर भएकी उनी गण्डकी प्रदेशमा नेपाली नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन् ।