देशको वर्तमान आर्थिक स्थिति - विदेशी विनिमय सञ्चिती १३ महिनाको वस्तु तथा सेवा आयात धान्नलाई धान्न पुग्ने

२०८१ भदौ ०२ गते

देशको वर्तमान आर्थिक स्थिति - विदेशी विनिमय सञ्चिती १३ महिनाको वस्तु तथा सेवा आयात धान्नलाई धान्न पुग्ने

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले २०८१ असार मसान्तसम्ममा देशको समष्टिगत आर्थिक अवस्थाको चित्र सार्वजनिक गरेको छ ।

यस्ता छन् मूख्य झलकहरु- १,वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । २,आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको थियो । ३, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६.५ प्रतिशत र अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको छ । ४, शोधनान्तर स्थिति ५०२ अर्ब ४९ करोडले बचतमा रहेका ेछ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो। ५, कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । ६, विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढेको छ । ७, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ । ८, २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु.६४ खर्ब ५२ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु.५० खर्ब ७४ अर्ब पुगेको छ ।