धनतेरसको दिन सुनको मूल्य हालसम्मकै उच्च

२०८१ कात्तिक १३ गते

धनतेरसको दिन सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौ । धनतेरसको दिन सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य १ हजार ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको छ । धनतेरसमा सुन चाँदी जस्ता बहुमुल्य धातु खरिद गरे शुभ हुने जनविश्वास रहि आएको छ । सुन चाँदीको बिक्रि धेरै हुने धनतेरसमै सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेका सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सोमबार १ लाख ६७ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा २ हजार १ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलामा ४० रुपैयाँले बढेको छ । सोमबार २ हजार ६५ रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो । आज धनतेरसकै कारण सुन, चाँदीका पसलहरुमा भीडभाड देखिएको छ ।