धितोपत्र बोर्डको अध्यक्षमा तीन जनाको नाम सिफारिस, को-को परे ?

२०८१ मंसिर ०९ गते

धितोपत्र बोर्डको अध्यक्षमा तीन जनाको नाम सिफारिस, को-को परे ?

काठमाडौ । नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि अन्र्तवार्ता दिएका ४ जनामध्ये तिन जनाको नाम सिफारिस भएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार बोर्ड अध्यक्ष सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गरेको छ । मुक्ति श्रेष्ठ र अधिकारी धितोपत्रबोर्ड कै कर्मचारी हुन भने सन्तोष नारायण श्रेष्ठ विद्युत प्राधिकरणका पुर्व सञ्चालक हुन् ।

नेपाल स्टक एक्सचेन्जका सिइओ कृष्ण कार्की र बोर्डका कर्मचारी नवराज अधिकारीले आज अन्तवार्ता दिएका हुन भने सन्तोषनारायण र मुक्ति श्रेष्ठले यसअघि नै अन्र्तवार्ता दिएका थिए । आजको अन्र्तवार्तामा आवेदन दिएका तत्कालिन बिमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाइ भने उपस्थित भएनन । बोर्डको अध्यक्ष पद विगत एक वर्षदेखि रिक्त छ ।