२०८१ कात्तिक २३ गते
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचित भएसँगै डलरको भाउले एक पछि अर्को उचाइ कायम गरेको छ । आज फेरी डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । कात्तिक २३ गते (शुक्रबार) १ अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ३० पैसा तोकिएको छ । भने खरिददर १३४ रुपैयाँ ७० पैसा छ । अघिल्लो दिनको तुलनामा डलरको भाउ २८ पैसाले बढेको हो । यसअघि बिहीबार १ अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ १६ पैसा र खरिददर १३४ रुपैयाँ ५६ पैसा रहेको थियो । विहिबारसम्मको अवस्थामा यो मूल्य नै सर्वाधिक उच्च थियो । आज फेरी डलरको मूल्य उच्च कायम छ ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ५९ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ ९४ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा र खरिद दर १७३ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै कतारी १ रियालको बिक्रिदर ३६.९६ रुपैयाँ र खरिददर ३७.१२ रुपैयाँ रहेको छ । यस्तै बहराइन एक दिनारको बिक्रिदर ३५७.३० रुपैयाँ र खरिददर ३५८.८९ रुपैयाँ रहेको छ ।
अहिले छिमेरी मुलुक भारतको मुद्रा पनि कमजोर भइरहेको छ । यदपि भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमयदर रहेको छ । यता रेमिट्यान्सले धानेको नेपालको जस्तो अर्थतन्त्र भएको देशमा डलरको भाउ बढ्दा रेमिट्यान्स बढ्न जान्छ । तर फेरी पनि आयातित सामानको बाहुल्यता नेपालमा रहेकाले यसले व्यापारघाटा झन फराकिलो बनाउँछ ।

प्रतिक्रिया