दोहोरो अंकको सुधारसँगै नेप्से परिसूचक २१०० माथि

२०८० माघ १५ गते

दोहोरो अंकको सुधारसँगै नेप्से परिसूचक २१०० माथि

काठमाडौँ  हप्ताको दोस्रो कारोबार दिन पनि शेयर बजार दोहोरो अंकको सुधार आएको छ । सोमबार नेप्से परिसूचक १०.२६ अंकले बढेर २१०४.७२ अंकमा बजार बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.४८ प्रतिशतले बढ्न पुगेको हो ।

बजारमा आज कारोबार रकम बढेर ४.२६ अर्व रुपैयाँ बढीको कारोबार भएको छ । जसमा १५० कम्पनी बढेका छन् भने ८६ कम्पनी घटेका छन् । यसैगरी ११ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । शेयर बजार बढेसँगै युनियन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी,  यस दिन गरीमा डीबेन्चरको  शेयरमूल्यमा भने सर्वाधिक १० प्रतिशत घटेको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्सुरेन्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा पनि हिमालयन रिइन्सुरेन्सनै रह्यो ।