दोर्दी खोला जलविद्युत लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै

२०८१ फागुन २५ गते

दोर्दी खोला जलविद्युत लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै

काठमाडौँ।  दोर्दी खोला जलविद्युत लिमिटेडले हकप्रद शेयर निष्काश गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर चैत १९ गतेदेखि निष्काशन गर्न लागेको हो।

जस अनुसार कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुकक्लोज गरेको थियो  त्यसैले फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा २०८२, बैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग बी प्लस प्रदान गरेको छ।