२०८१ साउन ३२ गते
सोलुखुम्बु। दूधकोशी नदीमा शुक्रबार दिउँसो भीषण बाढी आएको छ । दूधकोशीको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ स्थित थामे गाउँमा शुक्रबार आएको बाढीले सातवटा घरहरु बगाएको छ भने स्कुल, बाटो, पुल आदी पनि बगाएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङका अनुसार खुम्बुकै थामे क्षेत्रमा हिमपोखरी फुटेको आशंका गरिएको छ।
दूधकोशीको तटीय क्षेत्रमा बस्ने नागरिकहरूलाई सतर्कता अपनाउन अपिल गरिएको छ।
प्रतिक्रिया