एचआइडिसीएलको लाभांश घोषणा, कहिले हुँदैछ बुक क्लोज?

२०८१ मंसिर २६ गते

एचआइडिसीएलको लाभांश घोषणा, कहिले हुँदैछ बुक क्लोज?

काठमाडौँ।  हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले  लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५.२५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले उक्त लाभांश प्रस्ताव पारित गर्न पुस २४ गते आफ्नो तेह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ११ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।