२०८१ असोज ०९ गते
काठमाडौँ । एसियाली विकास बैंक एडीबीले दक्षिण एसियासँगै नेपालमा मुद्रास्फितीको दर घट्दै जानु सकारात्मक रहेको जनाएको छ । बुधबार एक कार्यक्रमका बीच एडीबीका देशीय निर्देशक आर्नो कोश्वाले नेपालमा पछिल्लो समय नेपाली अर्थतन्त्रका सुधारका संकेतहरु देखिन थालेको भन्दै यसमा आयातमा भएको वृद्धि,रेमिट्यान्समा वृद्धि र मुद्रास्फितीदर घट्नु रहेको बताए ।
एडीबीले आर्थिक वर्ष २०८१/०८२मा नेपालको अर्थतन्त्र ४दशमलव ९ प्रतिशतले बिस्तार हुने प्रक्षेपण समेत गरेको छ । जबकि एडीबीले नै यसअघि आ व २०८०/०८१मा ३दशमलव ९ प्रतिशत रहने अनुमान गरेको थियो । उक्त अनुमान भन्दा यो अनुमान १ प्रतिशतले बढी हो । एडीबीले यो अंक वृद्धी हुनुमा राष्ट्र बैंकले ल्याएको लचिलो मौद्रिक नीति,समान्य मनसुनसँगै समयमै धान रोपाइँ हुनु, पर्यटकको आवागमनमा भइरहेको र हुनसक्ने वृद्धि र त्यसले गर्दा हुने आर्थिक गतिविधी,सरकारको पूँजिगत बजेट खर्चलाई तिब्रता दिने योजना, घरजग्गा कारोबारमा आउने सुधार,थोक एवं खुद्रा व्यापार तथा भण्डार आदी आधार हुने जनाएको छ । त्यस्तै एडीबीले आव २०८१/०८२मा मुद्रास्फिती नेपाल राष्ट्र बैंकले तोकेको ५ प्रतिशतको सीमा भित्रै रहने प्रक्षेपण गरेको छ । नेपालको कूल आयातको ७० प्रतिशत हिस्सा भारतसँग रहेको छ । यस हिसावले भारतमा यतिखेर मुद्रास्फिती घट्दो क्रममा रहेको र यसको प्रभाव स्वरुप नेपालमा पनि मुद्रास्फितीदर घट्न जाने एडीबीको दाबी छ ।

यो सँगै एडीबीले ब्यापार घाटामा गिरावट,विप्रेषण आप्रवाह र पर्यटक आगमनमा भएका वुद्धि जस्ता कारणले आव २०८१/०८२मा बाह्य जोखिमहरु नियन्त्रणमा रहने अनुमान गरेको छ । यद्यपि चालु आवमा चालु खाता घाटा कूल गार्हस्थ उत्पादनको एक प्रतिशतसम्म पुग्ने सक्ने जुन जोखिमयुक्त रहेको जनाएको छ । जवकि चालु खाता गत आवमा ३दशमलव ९ प्रतिशतले बचतमा रहेको थियो ।
एडीबी सार्वजनिक प्रतिवेदन मार्फत बढ्दो भूराजनीतिक दबाव, मध्यपूर्वमा भइरहेको युद्धले विप्रेषणमा पर्ने असर र विश्वब्यापी आर्थिक मन्दी, जलवायु प्रकोप जस्ता कारणले नेपालमा मूल्यवृद्धि जस्ता समस्या भोग्नपर्नुका साथै यी नेपालको आर्थिक वृद्धिदरमा दीर्घकालिन जोखिमका रुपमा रहेको तर्फ इंगित गरेको छ ।
प्रतिक्रिया