एमालेले सरकारको राहत कोषमा ५० लाख दिने निर्णय, उद्धार, राहतमा लाग्न प्रधानमन्त्रीको आव्हान

२०८१ असोज १५ गते

एमालेले सरकारको राहत कोषमा ५० लाख दिने निर्णय, उद्धार, राहतमा लाग्न प्रधानमन्त्रीको आव्हान

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय आजको बैठकले रु ५० लाख रकम नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रुपमा रु एक अर्ब उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

एमालेको सचिवालय बैठक लगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आव्हान गरेका छन् ।