एनएमबि बैंकले संस्थापक सेयर बिक्री गर्ने

२०८१ असोज १४ गते

एनएमबि बैंकले संस्थापक सेयर बिक्री गर्ने

काठमाडौं । एनएमबि बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । उनीहरुले आजैका मितिले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरि कम्पनी सचिवको कार्यालय बबरमल काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ।तोकिएको अवधिमा विद्यमान संस्थापकहरुले सेयर खरिदका लागि आवेदन नदिएको खण्डमा प्रचलित कानुन अनुसार अन्य बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।