एनसेलको स्पष्टिकरण: कुनै इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरिएको छैन

२०८१ असोज ०४ गते

एनसेलको स्पष्टिकरण: कुनै इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरिएको छैन

काठमाडौं। एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनीको सेयर खरिद गरेको समाचार अपरिपक्व र कपोलकल्पति भएको बताएको छ ।

कम्पनीले आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रकाशित भएका समाचारहरू अपरिपक्व र अनुमानमा आधारित भएको उल्लेख गरेको छ। एनसेलले एक जिम्मेवार सेवा प्रदायकको रूपमा एनसेलले सधैं पारदर्शिता र सबै सरोकारवालाहरूमाझ सही सूचना प्रवाहलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।

नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसँग मेल खानेगरी आवश्यक निर्णयमात्र गर्ने विज्ञप्तिमा उल्लेख छ। साथै एनसेलले आफूसम्बन्धित समाचारहरू प्रकाशन, प्रसारण गर्नुअघि आधिकारिक धारणा बुझिदिन पनि सम्पूर्ण सञ्चारकामाध्यमलाई अनुरोध गरेको छ ।

केही सञ्चारमाध्यममा एनसेलले क्लासिक टेकको सेयर खरिद गरेको समाचार प्रकाशित भएको थियो । सोही विषयलाई लिएर एनसेलले स्पष्टिकरण दिएको हो। एनसेलले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पुर्‍याउन निरन्तर कार्य गरिरहेको छ ।